१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सहायक विदेशमन्त्री आज आउँदै

ग्लोबल पब्लिक अफेयर्ससम्बन्धी अमेरिकी कार्यबाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडेउ बुधबार काठमाडौं आउँदै छिन्। उनले नेपालसहित संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र क्रिगिस्तानको भ्रमण गर्ने कार्यक्रम छ। नेपालमा रहँदा उनले प्रजातन्त्रमा मिथ्या सूचना र मिडियाको भूमिकाबारे छलफल गर्नेछिन्। 

नेपालमा अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कार्यान्वयनका विषयमा चीनले मिथ्या सूचना फैलाएको आरोप लगाउँदै आएको अमेरिका त्यस्ता भ्रम चिर्न चाहन्छ। चीनले भने अमेरिकाको आरोपलाई खण्डन गर्दै आएको छ। नेपालमा रहँदा ट्रुडेउले सीमान्तकृत समुदायका अधिकारकर्मी, मिडियाकर्मी लगायतसँग पनि भेट्ने कार्यक्रम छ। उनले संस्कृति संरक्षणका लागि राजदूत कोष (एएफसिपी) अन्तर्गत काम भइरहेको काठमाडौंका विभिन्न क्षेत्रको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ।  

उनले नेपालसहित विभिन्न चार देशको १२ दिन भ्रमण गर्नेछिन्। रुस र चीनका मिथ्या सूचना चिर्ने, सामाजिक समानता, मिडिया स्वतन्त्रता र जलवायु परिवर्तनलगायत विषयलाई उनको भ्रमणको प्राथमिकतामा राखिएको छ। नेपालमा पछिल्लो समय एकपछि अर्को गर्दै दुई शक्ति मुलुक अमेरिका र चीनबाट उच्चस्तरीय भ्रमण हुँदै आएका छन्। केही समयअघि चिनियाँ उच्च अधिकारी नेपाल भ्रमण गरेर फर्किएका थिए। चिनियाँ अधिकारीले भ्रमणका क्रममा नेपालबाट चीन विरोधी गतिविधि हुन सक्ने र एमसिसीको दुरूपयोग हुनसक्ने भन्दै चासो राख्दै आएका छन्।

प्रकाशित: १२ आश्विन २०७९ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App