१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुडानमा बाढी १४६ को मृत्यु

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ। यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ। यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो।

सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ। हालै यहाँ आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ। 

यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्‍याएको बताइएको छ। बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन्। उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन्।

प्रकाशित: ६ आश्विन २०७९ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App