coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विहारका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना विधायकलाई उनले नयाँ मन्त्रिपरिषद्मा सामेल गरेका छन्।

आरजेडी, जनता दल युनाइडेट (जेएलडी) लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका नीतिशकुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ गराए। छत्तीस जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने विहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राखेका छन्।

भारतीय जनता पार्टी (भाजपा) सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकहरूको समर्थनमा यसै महिनाको प्रारम्भमा नीतिशकुमारले आगामी बुधबार विहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना छ।

सन् २०२० को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने भाजपाले ७४, नीतिशकुमारको जनता दल (युनाइटेड) ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी (धर्मनिरपेक्ष) चार सिट जितेको थियो।

प्रकाशित: ३१ श्रावण २०७९ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App