१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या घट्दो क्रममा रहेकाे छ। स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना संक्रमित भएका छन्।

योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ। यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेका थिए। अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले संक्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ। यो संख्या अघिल्लो दिनको भन्दा २७ बढी हो। पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २५ हजार २९२ पुगेको छ। 

प्रकाशित: २३ श्रावण २०७९ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App