१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा विस्फोटन हुँदा ८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

घटनामा परी अरु १८ जना घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको छ। सिया समुदायले प्रार्थनाका लागि भेट हुदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार विस्फोटक पदार्थ कारमा ल्याएर विस्फोट गराइएको थियो। घटनाको जिम्मेबारी आइएसआइएसले लिएको छ। अफगानिस्तानमा सिया समुदायले लामो समयदेखि पक्षपात भोग्दै आएको छ। यसअघि पनि सो समूहमाथि पटक पटक आक्रमण हुने गरेको थियो।

प्रकाशित: २१ श्रावण २०७९ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App