८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदीद्वारा सपथ ग्रहण

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन्। 

भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षीया मुर्मुलाई प्रधान न्यायाधीश एन.भी.रमनले सपथ खुवाएका हुन्। भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ।  

नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए। नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएका थिए।

भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ।

वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो। उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो। 

प्रकाशित: ९ श्रावण २०७९ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App