१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले दिए राजीनामा

आर्थिक संकटबीच देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएका छन्। उनले इमेलमार्फत श्रीलंकाको संसदका सभामुखलाई राजीनामा पठाएको बिबिसिले जनाएको छ। तर, अहिलेसम्म श्रीलंकाका सभामुखले सार्वजनिक रूपमा भनेका छैनन्।

श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले हस्ताक्षर गरी राजीनामा पत्र पठाएपछि राजीनामाको प्रक्रिया पूरा हुन्छ। तर यसपछि पनि रनिल विक्रमासिङ्घेले सपथ ग्रहण नगरेसम्म अन्तरिम राष्ट्रपति बन्ने छैनन्। तबसम्म उनी कार्यवाहक अध्यक्ष रहनेछन्।

सपथ ग्रहण गरेपछि उनले संसदबाट अनुमोदन पाउन ३० दिनको समय पाउनेछन्। यदि संसदले अनुमोदन गरेन भने, सांसदहरूले नयाँ राष्ट्रपति चयन गर्न सक्छन्।

प्रकाशित: ३० असार २०७९ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App