११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा भवन भत्कँदा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ। साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ।

अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ। आज बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ। गत आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो। सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ। हराएकाको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App