१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन्। 

उनले भनेका छन्, 'म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु।' उनका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा बताइएको छ। सो गोलीकाण्ड र त्यसमा पनि बालबालिका मारिएको दृश्यले मलाई निकै दुःखी बनाएको छ, उहाँका प्रवक्ताद्वारा जारी गरिएको सो विज्ञप्तिमा बताइएको छ।

अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मङ्गलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो।यस घटनाको विश्वमा नै निन्दा गरिएको छ। अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी २१ को ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App