१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्।

देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन्।

उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरु रहेका छन्।सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेबारी पाएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App