७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रव्यापी विरोधमा उत्रन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडी राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन्।

संसदमा अविस्वासको प्रस्तावमाथिका प्रश्नहरूको सञ्चारकर्मीसँग उत्तर दिँदै उनले प्रधानमन्त्री खानले पाकिस्तानका जनतालाई शनिबार र आइतबार आफ्नो पक्षमा समर्थन जनाउन आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गरेका हुन्।

विपक्षले खानविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिएका छन्। 'यस्ता कुराहरू भइरहेको अर्को देश भएको भए मानिसहरू सडकमा उत्रिनि थिए। म तपाईंहरू सबैलाई आज र भोलि सडकमा उत्रन र राष्टभक्ति दर्शाउन आह्वान गर्दछु। उनले भने, 'तपाइहरूले यो राष्ट्रको हितको निम्ति आन्दोलित हुनुपर्छ।'

उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरुले गरेको षडयन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका हुन्। खानले प्रतिपक्षी दलका नेताहरुले आफूहरुविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिन सडकमा अविस्वासको मतविरूद्ध आन्दोलित हुन आग्रह गरेका हुन्।

खानमाथिको अविस्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने कार्यक्रम तय भएको छ। यसैबीच आफूविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको सूचना पाएको दावी गरेका छन्।

'मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन्। म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,' पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए। देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू- अविश्वासको मत, मध्यावधि निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएको उनको भनाइ छ।

प्रकाशित: २० चैत्र २०७८ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App