४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा ७.३ रेक्टर स्केलको भूकम्प

जापानमा गएको भूकम्पामा परी ४ जनाको ज्यान गएको छ भने अन्य ९० जना घाइते भएका छन्। उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ। बुधबारको सो भूकम्पबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।

बुधबार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसिद भएका बताइएको छ। बिहीबार बिहान ६ बजेर ३० मिनेटमा प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अन्य ९२ जना घाइते भएका बताइएको छ। उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए। जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ।

राति ११ः३६ को समयमा भूकम्पको महसुस गरिएको थियो। फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ। भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो। तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन्।

यी दुई प्रिफेक्चरका समुद्रमा एक मिटरसरम्म माथि आएको मापन गरिएको थियो। पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो।

प्रकाशित: ३ चैत्र २०७८ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App