१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन-रुस युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गरेका छन्।

दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएका छन्।

राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग रूसको युद्ध फेरि छलफल गरिएको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैन्य कारबाही शुरु गरेको थियो। 

प्रकाशित: ३० फाल्गुन २०७८ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App