२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अङ्ग्रेजी नयाँ वर्षः क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिद्वारा शान्ति र महिलामाथिको हिंसा रोक्न आग्रह

पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानमाथिको अपमान अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार दिएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गरेका छन्।

विश्वका १.३ अरब क्याथोलिक धर्मावलम्बीका प्रमुख फ्रान्सिसले ५५औँ विश्व शान्ति दिवसलाई मनाउँदै आफ्नो प्रार्थनालाई विश्वभरि हिंसा रोक्न प्रोत्साहन गर्न समर्पित गरेका हुन्। ‘सेन्ट पिटर्स स्क्वायर’ मा भेला भएका अनुयायीहरूको भीडलाई उनीहरूको बैचारिक नेतृत्व शान्ति कायम गर्नका लागि लगाउन आग्रह गरेका छन्। अपोस्टलिक दरबारको झ्यालबाट घमाइलो आकाशमुनि बोल्दै पोपले भने, “शान्ति, शान्ति, शान्ति सोचेर घर जाऔं। हामीलाई शान्ति चाहिन्छ।”

डिसेम्बर १७ मा ८५ पुगेका पोपले आफ्ना अनुयायीहरूलाई सबैभन्दा कमजोर व्यक्तिहरूतर्फ ध्यान दिनु, अरूलाई क्षमा दिनु र न्यायलाई बढवा दिनुजस्ता शान्तिको लागि ‘ठोस कार्यहरू’ गर्नुपर्ने सुझाव दिए। “निराश हुनु वा गनगन गर्नु बेकार हो। शान्ति स्थापना गर्न हामीले आफ्नो नङ्ग्रा खियाउनुपर्छ।”

मार्चमा आफ्नो पोपको नवौं वर्ष सुरु गर्ने फ्रान्सिसले सेन्ट पिटर्स बेसिलिकामा शनिबारको सुरुतिर कुमारी मरियमको सम्मानमा सामूहिक रूपमा महिलाहरू विरुद्धको हिंसालाई परमेश्वरको अपमान भनेका हुन्। उनले भने, “चर्च आमा हो, चर्च महिला हो। अनि आमाहरूले जीवन प्रदान गर्ने र महिलाहरूले संसारलाई ‘संरक्षण’ गर्ने भएकोले हामी सबैले आमाको सम्मान गर्न र महिलाहरूको सुरक्षा गर्न अझ बढी प्रयास गरौं।”

उनले थप जोड दिँदै भने, “महिलामाथि कति हिंसा हुन्छ! पर्याप्त छ! स्त्रीलाई चोट पुर्याउनु भनेको मानवताको सिर्जना गर्ने उनको नभइ परमेश्वरको अपमान गर्नु हो।”

प्रकाशित: १७ पुस २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App