१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका ९० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप दिइएको दाबी

भारतका कूल वयस्कमध्ये ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप दिइएको छ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो हप्ता औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन्।  

पछिल्लो २४ घण्टामा भने थप १३ हजार १५४ सङ्क्रमित भएको मन्त्रालयले जानकारी दिएको छ। थपिएका सङ्क्रमितमध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ।

सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

भारतमा अहिले ८२ हजार ४०२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने गएको २४ घण्टामा सात हजार ४८६ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोना भाइरसको सङ्क्रमण निको भएको छ।

प्रकाशित: १५ पुस २०७८ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App