१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एक हप्तामा कोभिड १९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ। अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड १९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको हो।

तथ्याङ्क अनुसार अब प्रति दिन लगभग एक लाख तीन हजार नयाँ केसहरू देखिएका छन्। जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ।

यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको बताइएको छ।

प्रकाशित: २३ मंसिर २०७८ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App