१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा विपिन रावतसहित १३ जनाको मृत्यु

भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले पुष्टि गरेको छ।

बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावत र उनकी पत्नी मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको हो।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार थिए। रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन्। उनलाई गत वर्ष जनवरीमा सरकारले सो पदमा नियुक्त गरेको थियो। त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए।

बुधबार बिहान तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो।

प्रकाशित: २२ मंसिर २०७८ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App