coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

बेलायतमा एकजना सांसदको छुरा प्रहार गरी हत्या भएको छ। सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको हो।

डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी प्रहार गरिएको थियो। प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई आराेपीको रुपमा पक्राउ गरेको छ। गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेको बीबीसीले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७८ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App