१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र  अस्ट्रेलियाबीच चीनलाई चुनौती दिने गरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। 

सम्झौतासँगै अस्ट्रेलियाले पहिलो पटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी बनाउने भएको छ। त्यसका लागि अमेरिकी प्रविधिको प्रयोग हुनेछ। अमेरिकाले ५० वर्षको अवधिमा पहिलोपटक अस्ट्रेलियालाई पनडुपी प्रविधि दिएको हो। 

यसअघि उक्त प्रविधि अमेरिकाले बेलायतलाई मात्र दिएको थियो। एयुकेयूएस नाम दिइएको उक्त सुरक्षा सम्झौताले कृतिम बौद्धिकता, साइबर तथा क्वान्टम टेक्नोलोजीलाई पनि समेट्ने जनाइएको छ। यी तीन मुलुकबीच भएको यो दशककै ठूलो रक्षा साझेदारी भएको विश्लेषकहरूले दाबी गरेका छन्। पछिल्लो समय हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिलाई लिएर पश्चिमा शक्तिहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।  

‘नयाँ साझेदारीको उद्देश्य हिन्द प्रशान्त क्षेत्रमा सुरक्षा र समृद्धिको  प्रवर्द्धन गर्नु रहेको छ,’ अमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। विश्लेषकहरूका अनुसार एयुकेयुएस तीन देशबीच भएको दोस्रो विश्वयुद्धपछिकै ठूलो सुरक्षा प्रबन्ध हो। 

सम्झौताले सैन्य क्षमता अभिवृद्धिमा जोड दिनेछ र यसलाई ‘फाइभ आइज इन्टेलिजेन्स’ बाट अलग्गिने छ। जसमा न्युजील्याण्ड र क्यानडासमेत रहेका छन्। त्यसमध्ये अस्ट्रेलियाले बनाउने  पनडुब्बीलाई महत्त्वपूर्ण मानिएको छ। एयुकेयुएस साइबर क्षमता अभिवृद्धि,  कृत्रिम बौद्धिकता, क्वान्टम टेक्नोलोजीलगायतका प्रविधिका क्षेत्रमा पनि काम गर्नेछ।‘हिन्द प्रशान्त क्षेत्रमा समान विचार र साझेदारी भएका तीन मुलुकका साझा मूल्य मान्यताको रक्षा र सुरक्षा र समृद्धिको  प्रवर्द्धनका लागि ऐतिहासिक अवसर हो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ। 

अस्ट्रेलियाले अमेरिका र बेलायतसँगको हिन्द प्रशान्त क्षेत्रीय सुरक्षा साझेदारी गरेसँगै परमाणु ऊर्जाबाट सालन हुने आठवटा पनडुब्बी बनाउने भएको छ। परमाणु ऊर्जाबाट सालन हुने पनडुब्बी बढी द्रुत गतिका हुने र यसलाई सहजै पत्ता लगाउन नसकिने किसिमका हुन्छन्।

शित युद्धकालीन मानसिकता त्याग्न चीनको चेतावनी

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र  अस्ट्रेलियाले चीनलाई च्यालेन्ज गर्न हिन्द प्रशान्त क्षेत्रलाई लक्षित गर्दै सुरक्षा सम्झौता गरेसँगै चीनले ती मुलुकलाई शित युद्धकालीन मानसिकता त्याग्न चेतावनी दिएको छ।  

साथै चीनले ती मुलुकहरूको उक्त निर्णयले आफ्नै स्वार्थमा चोट  पुर्‍याउने खतरा रहेको समेत जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र बेलायतले अति संवेदनशील परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी प्रविधि अस्ट्रेलिया निर्यात गर्ने निर्णयलाई अत्यन्तै गैरजिम्मेवार डबल स्टान्टर्ड भनेका छन्। 

उनले  अस्ट्रेलियामाथि छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय समुदायले प्रश्न गरेको र यो परमाणु निशस्त्रीकरणप्रतिको प्रतिबद्धता विपरीत भएको उनको आरोप छ। साथै चीनले विकसित घटनक्रमलाई नजिकबाट अवलोकन गरिरहेको जनाएको छ।

प्रकाशित: १ आश्विन २०७८ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App