१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगकाे अन्त्य

अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगको अन्त्य भएको बताएका छन्।मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै अमेरिकी सेना अर्काको मुलुक बनाउन खटिने युगको अन्त्य भएको बताएका हुन्।अमेरिकामा आतंकवादी हमला भएको तथा अफागानिस्तानमा अमेरिकी सैन्य आक्रमण सुरु भएको २० औँ वर्ष पूरा हुनुभन्दा केही दिन अघी सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अफूले राष्ट्रपतिको उम्मेदवारमा लड्दै गर्दा अफगान युद्ध अन्त्य गर्ने घोषणा गरेको बताउँदै उनले आफूले उक्त प्रतिबद्धता पूरा गरेको बताएका छन्।

राष्ट्रपति वाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय अफगानिस्तानको हकमा मात्र नभएर मुख्य सैन्य अभियानको युगको अन्त्य भएको बताएका छन्।अमेरिकी सेनाले सोमबार राती काबुलस्थित हमिद कारजई अन्तर्राष्ट्रिय विमानस्थल छोडेसँगै तालिवानविरुद्ध अमेरिकाले दुई दशक अघी सुरु गरेको सैन्य मिसनको अन्त्य भएको थियो।

सन २००१ सेम्टेम्बर ११ मा ट्विन टावरमा आतंकवादी हमला भएपछि अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध सैन्य कारबाही सुरु गरेको अमेरिकाले तालिवानलाई नै अफगानिस्तानको जिम्मा छोडेर बाहिरिएको हो।सोमबार राति अमेरिकी सेनाको अन्तिम टोलीले अफगानिस्तान छोड्दै गर्दा सम्पूर्ण अफगानिस्तानसहित अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थल तालिवानी लडाकुको पहुँचमा पुगिसकेको थियो।

तालिवानविरुद्धको लडाइमा ठूलो जनधनका क्षति व्यहोरेको अमेरिकाले अन्ततः दुई दशकपछि अफगानिस्तानलाई अन्यौलतामै छोड्दै विद्रोही समुह तालिवानकै जिम्मा लगाएको छ। तालिवानले अफगानिस्तानमा कब्जा गरेसँगै ठूलो संख्यामा अफगानीहरूले मुलुक छोडे पनि अझै दशौ हजार मुलुक छोड्न चाहने त्यहाँका नागरिक, सुरक्षा निकायका पूर्वसदस्यहरू तथा अमेरिका प्रवेश आज्ञापत्र रहेकाहरूलाई बीचमै छोडेर अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको छ।तालिवान नियन्त्रित अफगानिस्तानमा उनीहरूको अवस्था के हुन्छ र लानिवानको शासनकालमा समग्र अफगानिस्तान कसरी अघि बढ्छ भन्ने अन्योल कायमै रहेको छ।

प्रकाशित: १७ भाद्र २०७८ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App