१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीन

महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ।

रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिए। रुसले गत सन् २०२० को फेब्रअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो। विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्ने समेत उपप्रधानमन्त्री गोलिकोभाले बताए।

कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो। सुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुल्ला गर्ने र त्यस्ता देशहरुको संख्या बढाउदै लगिने पनि उनले भने। 

प्रकाशित: ५ असार २०७८ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App