१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा दैनिक संक्रमण र मृत्युमा केही कमी

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन्। भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरेको थियो। 

हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ। गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ। तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन्। हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ। 

प्रकाशित: २ जेष्ठ २०७८ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App