१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगालमा ममताको हारमा पनि जित

भारतको पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसले ठूलो जित हात पारेको छ। भारतीय जनता पार्टी (भाजपा)सँगको तीव्र प्रतिस्पर्धामा वर्तमान मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको पार्टीले २१३ मत प्राप्त गरेको छ। प्रतिस्पर्धी भाजपाले ७७ सिट मात्र जितेको छ। पश्चिम बंगालको मत परिणाम आफ्नो पक्षमा पार्न प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भाजपाले निक्कै प्रयास गरे पनि मत परिणामले भाजपा र मोदीको चाहनालाई सम्बोधन गर्न सकेन।  

तृणमूल कांग्रेस र ममता बनर्जी सन २०११ मा पश्चिम बंगालको सत्तामा आएदेखि यो निरन्तर तेस्रो जित हो। त्यसअघी तीन दशक कम्युनिस्टहरूले पश्चिम बंगालमा सत्ताको बागडोर सम्हालेका थिए। आफ्नो पार्टीलाई ठूलो जित दिलाउन सफल भए पनि ममता आफैंका लागि भने यो निर्वाचन सुखद भएन।  

नन्दीग्रामबाट आफ्ना पूर्वसहयोगी एवं भाजपाका उम्मेदवार सुवेन्दु अधिकारीसँग प्रतिस्पर्धा गरेकी उनले अधिकारीसँग १९५६ मतले पराजित भइकी छिन्। मतपरिणामको नतिजापछि बनर्जीले नन्दीग्राममा मतगणताका क्रममा धाँधली भएको बारेमा आफूले जानकारी पाएको बताउँदै अदालत जाने बताएकी छिन्। नन्दीग्राममा निर्वाचन गणनामा धाँधली भएको भन्दै तृणमूल कांग्रेसले पुन पतगणनाका लागि आग्रह गरे पनि निर्वाचन आयोगले पार्टीको आग्रहलाई अस्वीकृत गरिदिएको छ।  

विधानसभा निर्वाचनका बेला तृणमूल कांग्रेसकी अध्यक्ष बनर्जीले पार्टीका तर्फबाट एउटा नारा तयार पारेकी थिइन्। ‘खेला होबे’ अर्थात् खेल हुनेछ। निर्वाचनमा आफूले हारेर भए पनि पार्टीलाई जिताएर उनले त्यो खेल देखाएकी छिन्। त्यस्तै पश्चिम बंगालमा आफ्नो पकड बनाउने लक्ष्यसहित ‘अबकी बार दो सौ पार’ (यस पटक दुई सयभन्दा बढी सिट) नारा तय गरेको भाजपाले भने आफ्नो लक्ष्यको ५० प्रतिशत पनि पूरा गर्न असमर्थ भएको छ।

निर्वाचन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले पश्चिम बंगाल पुगेर ‘नदिने बजुले आइरबार पनि बार्छ’ भन्ने नेपाली उखान हालेर ममतामाथि व्यङय गरेका थिए। तर भाजपाका लागि ममता होइन जनता नदिने बोजु बनेर निस्किए। जसको नतिजा निर्वाचन परिणाम मार्फत देखिएको छ।

केन्द्र सरकारका सामु चुनौतीको पहाडका रूपमा देखिएकी ममताले जितका लागि केन्द्र सरकारको नेतृत्व गरेको भाजपाले गरेका सबै प्रयासलाई असफल मात्र बनाइनन्, उनले आफूले निर्वाचन हारेर पनि बंगालको राजनीतिमा आफ्नो राजनीतिक प्रभावलाई कायम राखेर बाजिगर बन्न सफल भएकी छिन्।

प्रकाशित: २१ वैशाख २०७८ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App