कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा एक साता यता दैनिक धेरै मृत्यु भईरहेको छ। विहिवार यहाँको मृतक संख्या ३ हजार ४ सय ९८ रहेको छ। हिजोमात्र संसारभर कोरोनाबाट १५ हजारको मृत्यु भएको थियो जसमध्ये ३ हजार ५ सय भारतको रहेको छ।
भारतमा सबैभन्दा बढी मृत्युदर महाराष्ट्र, दिल्ली र यूपीमा रहेको छ। भारतभर अहिलेसम्मको मृतकको संख्या २ लाख आठ हजार ३ सय ३० रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
कोरोना अत्यन्तै छिटो फैलिरहेको भारतमा अन्तिम संस्कारका लागि ठाउँ समेत नभएको र सामाग्रीको पनि खाचो रहेको भारतिय सञ्चार माध्यमहरुले बताईरहेका छन्। अहिले कोरोनाको कारण सबैभन्दा ज्यान गुमाउने देशहरु अमेरिका, ब्रजिल, मेक्सिको, भारत र बेलायत रहेका छन्।
प्रकाशित: १७ वैशाख २०७८ ०७:०४ शुक्रबार