७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गरेको छ। जर्मनीको मध्य शहर हेलेको मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिस्चित कालका लागि निलम्बित भएका हुन्।

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए। अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए। उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ।

निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपकोे अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफू लगायत केही व्यक्तिले खोप लगाएको बताए। 'अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ। तर यो कुनै पनि हिसाबले अवैधानिक थिएन,' उनले मार्चमा एक विज्ञप्ति जारी गरी भनेका थिए। उनले भने, 'मेरा विरोधीहरूले मेरो राजनीतिक भविष्यमाथि दाग लगाउन उक्त आरोप लगाएका र यो निर्णय गलत छ।'

प्रकाशित: २७ चैत्र २०७७ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App