१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा हिमआँधी: २० जनाको मृत्यु, ५० लाख घर अन्धकारमा

अमेरिकाका टेक्साससहितका धेरै राज्यहरू हिमआँधीले वितण्डा मच्चाएको छ। हिमआँधीमा परेर कम्तिमा पनि २० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।  

टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि बन्द भएको छ। केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको ठूलो असर परेको छ।यसले त्यहाँका बासिन्दालाई ठूलो विपत्ति निम्त्याएको छ। त्यहाँको परिस्थिति अन्धकार बनेको छ। सबैभन्दा खराब स्थिति टेक्सासको छ। त्यहाँ लगभग ५० लाख घरहरु अन्धकारको सामना गरिरहेका छन्। यसमा व्यवसायिक संस्थाहरूका घरहरू समावेश छन्।  

भारी हिमपातका कारण खोप प्रक्रिया पनि प्रभावित भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। मेडिकल सेन्टर र अस्पतालहरूमा समस्याहरू बढेका छन्। देश भर ३ हजार उडानहरू रद्द गरिएको छ। टेक्सासको उर्जा आपतकालिन अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति जो बाइडेनले सकेसम्म सहयोग पुर्‍याउने आश्वासन दिएका छन्।

प्रकाशित: ५ फाल्गुन २०७७ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App