१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नियमविपरीत खोप लगाएका कारण पेरुकी विदेशमन्त्रीले पदबाट राजीनामा दिईन्

कोरोनाविरुद्धको खोप लगाएका कारण पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे रोड्रिग्वेजको पद गुमेको छ। देशमा कोरोनाविरुद्धको सरकारी खोप अभियान सन्चालन हुनुपूर्व नै उनले कोरोनाको खोप लगाएपछि पद गुमेको हो।  

देशमा कोरोनाविरुद्ध लड्ने पहिलोपंक्तिका कर्मचारी डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारीले भन्दा सुरुमै एलिजाबेथले खोप लगाएपछि उनको आलोचना भएको थियो ।

उनले आइतबार आफूले सरकारी खोप अभियान सुरुवात हुन पहिल्यै कोरोना खोप लगाए स्वीकार गर्दै राजीनामा दिएकी हुन्। उनले खोप लगाउनु गल्ती भएको भन्दै आफूले त्यसको दोस्रो डोज नलिएको दाबी गरेकी छिन्। विदेशमन्त्री एस्टेटेले गत वर्ष नोभेम्बरमा आफ्नो पद सम्हालेकी थिइन्।

प्रकाशित: ३ फाल्गुन २०७७ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App