१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडेनको सपथ ग्रहणमा २५ हजार सुरक्षाकर्मी खटाइयो

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बुधबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हासिल गरेका उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो।

यसैबीच उनको शपथ ग्रहण समारोहमा हुन सक्ने हिंसालाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा बनाईदै छ। यसअघि वाशिंगटन डीसीमा लकडाउन घोषणा गरिएको थियो। साथै अमेरिकी संसद भवन बन्द गरिएको थियो। बाइडेनले कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्ने छन्। उनको सपथ ग्रहण कार्यक्रममा अमेरिकी नेसनल गार्डका २५ हजार सुरक्षाकर्मी तैनाथ हुने जनाइएको छ। सुरक्षाकर्मी पनि खटाउन सकिने जनाइएको छ।  

संसद भवनका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ। संसद भवनमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा पाँच जनाको मृत्यु र हजारौँ घाइते भएका थिए। उनको सपथ ग्रहणका बेला वाशिंगटन डिसीमा संकटकालको अवस्था हुनेछ। बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि बुधबार नै सपथ लिएर आफ्नो कार्यकाल सुरु गर्दैछिन्। अमेरिकामा उपराष्ट्रपतिमा निर्वाचित हुने उनी पहिलो महिला हुन् ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्। उनले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै सोचेको भन्दा धेरै काम गरेको बताएका छन्। यसअघि ट्रम्पले हार स्विकार गर्न सकेका थिएनन्।

प्रकाशित: ७ माघ २०७७ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App