१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोरोना खोप लगाएका ५८० व्यक्तिमा गम्भीर असर

भारतमा कोरोना खोप सुरु भएको तीन दिन भइसक्यो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८१ हजार भन्दा बढी मानिसहरूलाई कोरोना खोप लगाइएको छ। यसैबीच अहिलेसम्म ५८० जना व्यक्तिलाई खोप लगाएपछि प्रतिकूल प्रभाव देखिएको छ। यो कुल खोपको ०.२ प्रतिशत मानिसहरूमा खोप लगाएपछि समस्या देखिएको हो।  

यद्यपि भारत सरकारले खोप अभियानको दुई दिनमा ६४ प्रतिशत मात्र हासिल गर्न सकेको छ। पहिलो दुई दिनमा सरकारले करिब ३ लाख १६ हजार मानिसहरुलाई कोरोना खोप लगाउने लक्ष्य राखेको थियो। तर २ लाख २४ हजार व्यक्तिलाई मात्र खोप लगाईयो। धेरै राज्यहरूका व्यक्तिहरु खोप लगाउन पहिलो दिनमा खोप केन्द्रमा पुगेनन्। 

दिल्लीमा करिब ५४ प्रतिशतले मात्र खोप लगाएका थिए। भारतमा कम मानिसहरूले खोप लगाइरहेका छन्। मानिसहरूले देखेका प्रतिकूल प्रभावका कारण खोप लागाउने व्यक्तिमा कमि आएको हो। भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार कुनै पनि देशमा खोप सुरु भएको पहिलो दिनमा सबैभन्दा बढी खोपहरू भारतमा लगाइएको छ। यो संख्या अमेरिका, बेलायत र फ्रान्सको संख्या भन्दा बढी छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव डा. मनोहर अग्निानीले खोप लगाएपछि पारेका प्रभावहरूका बारेमा विस्तृत वर्णन गरेका छन्। उनका अनुसार खोप लगाए पछि त्यस व्यक्तिको कुनै पनि अप्रत्याशित समस्यालाई खोपको पछि लाग्ने असरहरू भन्ने गरिन्छ। यो लामो समयको खोपको कारणले पनि हुन सक्छ यी प्रभाव प्रायस् तीन प्रकारका हुन्छन् (सामान्य, मध्यम र गम्भीर) तर धेरै गम्भीर प्रभावमा खोप लगाएको व्यक्तिलाई अस्पतालमा भर्ना गराउने सम्भावना छ। ती गम्भीर मामिलाका रूपमा मानिन्छन्। 

यस्तो अवस्थामा ज्याननै जान सक्छ। या जीवन भरको लागी एक प्रकारको समस्या सामना गर्नुपर्दछ। भारतमा अहिलेसम्म खोप अभियान पछि केवल तीन जनालाई अस्पताल भर्ना गरिएको थियो जसमध्ये दुईलाई डिस्चार्ज गरिसकिएको छ।

प्रकाशित: ६ माघ २०७७ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App