८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बाइडेनको शपथ ग्रहणअघि अमेरिकी संसद भवन बन्द

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित उप राष्ट्रपति कमला ह्यारिस बुधवार शपथ लिँदै छन्। शपथ ग्रहण समारोहमा ट्रम्प समर्थकहरूले हिंसा गर्ने सम्भावना रहेका कारण वाशिंगटन डीसीमा लकडाउन घोषणा गरिएको छ। साथै अमेरिकी संसद भवन बन्द गरिएको छ।

समाचार एजेन्सी रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, आन्तरिक सुरक्षा जोखिमका कारण राजधानी परिसर (युएस क्यापिटल कम्प्लेक्स) मा व्यक्तिहरूको प्रवेशलाई प्रतिबन्ध गरिएको छ।

यस्तै जो बाइडेनको पदभार ग्रहणको रिहर्सल पनि स्थगित गरिएको छ। बाइडेनको शपथअघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं सुरक्षा गार्ड तैनाथ गरिएको छ।

संसद भवनका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ। संसद भवनमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा पाँच जनाको मृत्यु र हजारौँ घाइते भएका थिए।

प्रकाशित: ६ माघ २०७७ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App