१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वकै महँगो 'मिलियन डलर ब्राइड' केक

दुबईमा एउटा यस्तो केक तयार गरिएको छ जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्छ। लुल्वा १२० किलोग्रामको उक्त केकको नाम हो। यो केक दुलही जस्तै देखिन्छ। त्यसैले यस केकलाई नयाँ नाम दिइएको छ, ‘मिलियन डलर ब्राइड।’

केक निकै आकर्षक थियो। यो केक युएईमा भएको ‘२०१८ दुबई ब्राइड शो’मा प्रदर्शनमा राखिएको थियो। शोमा सार्वजनिक गरिएको केकलाई काटेर अतिथिहरूलाई खुवाइएको थियो।  

यस केकको डिजाइन डेबी विङह्यामले तयार पारेकी हुन्। विङह्याम विश्वकै महँगो डिजाइनरमध्ये एक मानिन्छिन्। उनले यो केकको डिजाइन भर्खरै तयार पारेकी हुन्। विङह्याम विश्वका आश्चर्यलाग्दा र महँगा वस्तुहरू सिर्जना गर्न रुचाउँछिन्।

यसअघि उनले १६ मिलियन डलरको जुत्ता, ४.८ मिलियनको हिरो कपडालगायतका थुप्रै सामग्री तयार पारेकी छन्। केकमा १ हजार दाना मोती, ५००० वटा फूल, १ हजार वटा अण्डाका साथै २५ किलो चकलेटको प्रयोग गरिएको थियो भने केकको कूल तौल १ सय २० किलो थियो। केकको उचाइ १८२ सेन्टिमिटर थियो। यस केकलाई उचाल्नका लागि कम्तीमा पनि ६ जना चाहिन्छ।

प्रकाशित: २६ पुस २०७७ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App