coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्प समर्थकद्वारा संसदमै आक्रमण: एकको मृत्यु, वासिङ्टनमा कर्फ्यू

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा प्रवेश गरी तोडफोड गरेका छन्। वासिङ्टनको क्यापिटल भवनमा अमेरिकी कांग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस गरिरहेका थिए। बहसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेन बिजयी भएको औपचारिक पुष्टि हुन बाँकी रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू झ्याल र ढोका तोडफोड गर्दै हतियारसहित संसद भवनमा प्रवेश गरेको अन्तर्राष्ट्रिय संञ्चारमाध्यामले जनाएका छन्।

उनीहरूले भवनमा प्रवेश गरि अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग समेत गरेका थिए। बेलायती अखबार डेली मेलको रिपोर्ट अनुसार प्रदर्शनका क्रममा संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ।

संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। प्रदर्शनमा ६ जना गम्भीर घाइते भएका छन्। दुई दर्जन पक्राउ परेका छन्, भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन्।  

हिंसात्मक प्रदर्शनपछि क्यापिटल भवनमा कर्फ्यू घोषणा गरिएको छ। 

 

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा नव निर्वाचित जो बाइडेनले ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतन्त्रलाई अघि बढ्न दिन आग्रह गरेका छन्।

नयँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई अमेरिकी संसदको दुवै सदनले आज संयुक्त रूपमा संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रूपमा घोषणा गर्ने नियमित कार्यतालिका थियो।

प्रकाशित: २३ पुस २०७७ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App