बेलायत र फ्रान्सपछि आयरल्यान्डमा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। आयरल्यान्डमा गएको शुक्रबार पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको युनिभर्सिटी कलेज डब्लिनको 'नेसनल भाइरस रेफ्रेन्स लेब्रोटरी'का उच्च स्वास्थ्य अधिकारी टोनी होलोहनले बताएका छन्। बेलायतमा उक्त नयाँ स्वरूपको भाइरस तीव्र रूपमा फैलिएको केही सातापछि नै फ्रान्समा र आयरल्यान्डमा पनि देखिएको उनले बताएका छन्।
केही दिनअघि बेलायतबाटै आयरल्यान्ड फर्किएका एक व्यक्तिमा उक्त भाइरस फेला परेको उनले बताए।
यसअघि कोरोनाको यो स्वरूप दक्षिण अफ्रिकामा पनि देखिएको थियो। यो भाइरसबारे अध्ययन जारी छ, तर अहिलेसम्म प्राप्त तथ्यले यो यसअघिका कोरोना भन्दा कैयौँ गुना छिटो फैलिने बताइएको छ। तर यो कत्तिको घातक छ भन्ने कुरा चाहिँ यकीन हुन सकेको छैन।
प्रकाशित: ११ पुस २०७७ ०३:२१ शनिबार





