१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

योमरीले शाहलाई पुर्‍यायो बीबीसी मास्टर सेफ फाइनल राउण्डमा

तस्बिर : शाहको फेसबुक टाइमलाइन

बेलायतमा कार्यरत एक सेफ विश्वविख्यात 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०' को फाइनल राउण्डमा पुग्न सफल भएका छन्।

बीबीसी वानु टेलिभिजनमा बिहीबार बेलुका प्रसारित सो प्रतियोगितको सेमिफाइनल राउण्डको प्रतिस्स्पर्धा उनी शीर्ष ६ को फाइनल राउण्ड पुगेका हुन्। अन्य ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रस्तुति दिएका सन्तोष सिधै फाइनल राउण्ड पुग्न सफल भएका हुन्।

नेपाली सेफ सन्तोष साहले नेवारी खाना योमरीलाई फ्युजन गरेर बनाएर 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०' को प्रतियोगिताको खानाको प्रस्तुत गरेका थिए। सन्तोषले मौलिक नेवारी परिकार 'योमरी' लाई फिउजन गरेका थिए। चकलेट, चिल्ली, अरेन्ज, सिनमन मिसाएर बनाएको योमरीले निर्णायकहरुको मन जितेका थिए।

उनी प्रतियोगितामा सहभागी ३२ व्यवसाहिक सेफहरुलाई उछिनेर उक्त स्थानमा पुगेका हुन्।

प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धाको नतिजा १७ डिसेम्वरमा घोषणा हुनेछ।  

सेमिफाइनल राउण्डमा उनले प्याजको अचार, स्याउको चट्टनी, रोस्टेड काँक्रोको विंया, तरुलको खाना बनाएर चर्चामा आएका थिए।

सिरहामा जन्मिएका शाहले भारतमा खाना पकाउन सिकेका हुन्। बीबीसी मास्टर सेफमा नेपाली खाना बनाएर जाने उनी पहिलो सेफ हुन्।

उनले पहिलो राउण्डमा बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्केका थिए।

प्रकाशित: २६ मंसिर २०७७ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App