४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा एकै दिन करिब २३ हजारमा कोभिड संक्रमण

पाँच सय एकको मृत्यु

बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ।

सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएका बताइएको हो।

यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती सङ्क्रमितसहित यहाँ कोरोना सङ्क्रमितहरुको सङख्या १४ लाखभन्दा बढी पुगेको छ।

बिहीबार यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ सङ्क्रमितहरुको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको छ।

बेलायतमा यसरी एकैदिन यति धेरै सङ्क्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। साथै यहाँ एकै दिनमा ५०१ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ। यो सङ्ख्या बेलायतमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको सङ्ख्या ५३ हजार ७७५ पुगेको छ।

पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढेसँगै मृतकहरुको सङ्ख्या पनि बढेको बताइएको छ। यहाँ कोरोनाको दोस्रो लहरको संक्रमण शुरु भएको बताइएको छ।

जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ। यहाँको सरकारले यो तथ्याङ्कले बेलायतमा सङ्क्रमणले थप चिन्ता बढाइदिएको बताएको छ।
रासस

प्रकाशित: ६ मंसिर २०७७ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App