४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यातायात सञ्चालनमा अवरोध नगर्न ताप्लेजुङका यातायात व्यवसायीको अपिल

जारी विज्ञप्तिमा विगतदेखि नै दशैंसहित नेपालीहरुका महान पर्वका बेला पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने भएकोले आउने तीर्थालुका लागि आफूहरुले यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्दै आएको स्मरण गर्दै यसपटक पनि तीर्थालुका लागि यातायातका साधनको व्यवस्था भएको उल्लेख गरिएको छ।

गण्डकी प्रदेश सरकारले भन्योः कोभिड संक्रमण बढ्दैछ, ख्याल गर्नू

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोभिड–१९ को संक्रमण दर पुनः बढ्न थालेको भन्दै स्वास्थ्य मापदण्ड पालना गराउन प्रदेश सरकारले चासो लिएको छ। त्यस्तै बिरामीको उपचारका लागि आवश्यक तयारी गर्न पनि सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ।

त्रिविका परीक्षा फागुनभित्र सक्ने

कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले जनाए।

उदयपुर सिमेन्टका जिएमलाई कोभिड संक्रमण

उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेलाई कोभिड संक्रमण भएको छ।

भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा फेरि कर्फ्यू

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो।

गाईजात्रा पर्व औपचारिकतामा सीमित गरिने, घिन्ताङघिसी नखेल्न अनुरोध

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गरिने भएको छ।

पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी

सरकारको न्यूनतम साझा कार्यक्रमले पर्यटन पूर्वाधारमा जोड दिने बताए पनि अहिले पर्यटन क्षेत्रको आधारभूत समस्या कोरोनाविरुद्वको खोप भएको व्यवसायीको भनाइ छ। खोपको व्यवस्था भए विदेशी नागरिकलाई नेपाल सुरक्षित भएको महसुस गराउन सकिने जनाउँदै व्यवसायीले आश्वासनभन्दा व्यवहारिक पक्ष हेर्न सरकारलाई आग्रह गरेका छन्।

खोप लगाउनेहरुको भीड घटेन, खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम

अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ। काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ।

सुकुम्बासीका घरमा नगरको डोजर, प्रतिकारमा मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड

कोभिड संक्रमण कम गर्न जारी निषेधाज्ञा उल्लंघन गर्दै उदयपुरको कटारी नगरले डोजर चलाएर घर भत्काएको छ भने प्रतिरोधमा स्थानीयले नाराजुलुस र तोडफोड गरेका छन्।

उदयपुरमा अहिलेसम्मकै धेरै संक्रमण पुष्टि

एउटै टोलका ५ जना सबै संक्रमित पाइएपछि नगरपालिकाको स्वास्थ्य टोलीले वडाको जाँते आधारभूत स्वास्थ्य केन्द्रमा गरेको २३ जनाको स्वाव परीक्षणमा ७ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको वडाध्यक्ष राईले बताए।

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।

बेलायतमा एकै दिन करिब २३ हजारमा कोभिड संक्रमण

बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्