१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट एकै दिन २६७ जनाको मृत्यु

बर्लिन जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ।

जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ। योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ।

जर्मनीमा कोभिड–१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार ८१४ जनाको मृत्यु भइसकेको आरकेआईले जनाएको छ। 

कोभिड–१९ को संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएपछि जर्मनीमा गत यही नोभेम्बरदेखि आंशिक लकडाउन गरिएको छ।

सरकारले आगामी क्रिसमससम्म निजी जमघट समेतमा कडा प्रतिबन्धहरु घोषणा गरेको छ। सार्वजनिक स्थल, विद्यालय र कक्षाकोठामा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम पनि बनाइएको छ। 
रासस

प्रकाशित: ३ मंसिर २०७७ ०१:४६ बुधबार

जर्मनी कोरोनाभाइरस संक्रमण