हालै सम्पन्न राष्ट्रपति चुनाव जो बाइडेनले जितेको अस्वीकार गरिरहेका डोनाल्ड ट्रम्पले अब अर्काे पटक हुने निर्वाचनमा पनि आफू नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।
अमेरिकाका हरेक ४ वर्षमा राष्ट्रपति परिवर्तन गर्ने परम्परा रहेकाले अब अर्काे चुनाव सन् २०२४ मा हुनेछ।
त्यसमा पनि रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्पलाई नै उम्मेदवार बनाउने कुरा भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
त्यस पार्टीमा ट्रम्पभन्दा शक्तिशाली र लोकप्रिय नेता अरू नभएकाले उनी नै उम्मेदवार बन्ने सम्भावना देखिएको हो।
एक्सिस र वासिङ्टन पोस्टका अनुसार यसबारे ट्रम्पले आफ्ना निकटस्थहरूसँग कुरा राखिसकेका छन्।
प्रकाशित: ३० कार्तिक २०७७ ०४:१७ आइतबार