coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियामा सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिवन्ध

उत्तर कोरियामा नयाँ दुई ओटा कानुन कार्यान्वयनमा ल्याइएको छ। एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ।

कोरियाली केन्द्रिय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानुनमा व्यवसायीहरुलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ।  उत्तर कोरियाको संसदका उच्च सदस्यहरु, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानुनलाई स्विकृत गरेको जनाइएको छ।

उत्तर कोरियामा धुम्रपान गर्नेहरुको अनुपात उच्च रहेको छ। कुल सङ्ख्याको ४३.९ प्रतिशत पुरुषले धुम्रपान गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१३ को प्रतिवेदनमा उल्लेख गरिएको छ। 
रासस

प्रकाशित: २१ कार्तिक २०७७ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App