९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय पत्रकार गोस्वामी गए १४ दिनका लागि हिरासत (भिडियो)

भारतीय पत्रकार अर्नब गोस्वामी

आत्महत्या दुरुत्साहनमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।

भारतको रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नबलाई बुधबार अबेर राति हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

पत्रकार अर्नबका वकिल अबाद पोन्डाले धरौटीमा उनको रिहाइका लागि अदालतमा आवेदन दिएका छन्। त्यसकाे सुनुवाइ बिहीबार हुने बताइएको छ।  

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकले आत्महत्या गरेका थिए। त्यसका लागि दुरुत्साहन गरेको अभियोगमा पत्रकार गोस्वामीलाई प्रहरीले बुधबार उनकै घरबाट नियन्त्रणमा लिएको हो।  

पत्रकार गोस्वामीले आफूलाई प्रहरीले लछापछार गरेको आरोप लगाएका छन्। उनकै टिभी रिपब्लिकले प्रसारण गरेको भिडियोमा उनले आफ्ना शरीरका चोट देखाउँदै प्रहरीले पिटेको बताएका छन्। साथै आफू जुत्ता बिना नै हिरासतमा आउन बाध्य भएको गुनासो गरेका छन्।  

हेर्नुहोस्, तलको सामाजिक सञ्जालमा त्यो भिडियो :  

गोस्वामीको टिभी रिपब्लिकले दिनुपर्ने पैसा नदिएका कारण आफ्ना बुबा र हजुरआमाले आत्महत्या गरेको डिजाइनरकी छोरीको आरोप छ।  

प्रकाशित: २० कार्तिक २०७७ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App