१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हतियार समाउँदै भारतका रक्षामन्त्रीले चीनलाई दिए यस्तो चेतावनी

भारतका रक्षामन्त्री राजनाथ सिंहले दशहरे पर्वका अवसरमा दार्जिलिङको सुकनास्थित युद्ध स्मारकमा गएर सेनाको हतियार पूजा गरेका छन्। 

त्यस क्रममा उनले चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने चाहना भारतको रहेको  बताए। त्यस क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको धारणा राखे। 

साथै उनले भारतीय सेनाले देशको एक इन्च भूमि पनि कसैलाई अतिक्रमण गर्न नदिने पनि चेतावनी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

हालै लद्दाखमा भारत-चीन सीमामा भएको झडपमा बहादुरी देखाएको भन्दै भारतीय सेनाको प्रशंसा गरे र उनीहरूको वीरता स्वर्ण अक्षरमा लेखिने बताए। 

गत जुन १५ मा लद्दाखकाे गलवानमा भारत-चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सेनाकाे निधन भएकाे थियाे। चीनतर्फ भएकाे हताहतीबारे अहिलेसम्म चीनले जानकारी दिएकाे छैन।

रक्षामन्त्री सिंह हाल पश्चिम बंगाल र सिक्किमको २ दिने भ्रमणमा छन्। 

प्रकाशित: ९ कार्तिक २०७७ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App