१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धरत अजरबैजान र अर्मिनियाका विदेशमन्त्री किन गए रुस?

अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोव बुधवार रुस प्रस्थान गरेका छन्।  

समाचार एजेन्सी एपिएका अनुसार त्यहाँ गएर उनी रुसका अधिकारीसँग भेटवार्ता गर्नेछन्।  

अर्मिनियाका विदेशमन्त्री जोहराब म्नातसाकान्यान यसअघि नै रुसको मस्को पुगिसकेका छन्।

अजरबैजान र अर्मिनियाका विदेशमन्त्रीबीच यही अक्टुबर २३ तारिख अमेरिकी विदेशमन्त्री माइक पम्पिओसँग वासिङ्टनमा अलग अलग भेटवार्ता गरेका थिए।  

अजरबैजान र अर्मिनियाका सेनाबीच विवादित क्षेत्र नागोर्नो-काराबाखमा गत सेप्टेम्बर २७ मा भएकाे झडपले अहिले युद्धको रूप लिएको छ।  

रुसले मध्यस्थता गरी मानवीय आधारमा दुवै देशबीच अक्टुबर ९–१० मा युद्ध विराम गराउने प्रयास गरेको थियो, तर दुवै देशले त्यो पालना गरेनन्। जसले गर्दा अहिले युद्ध जारी छ। बिबिसी

प्रकाशित: ५ कार्तिक २०७७ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App