८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१२ संक्रमित भेटिनासाथ ५ दिनभित्र ९० लाख मानिसको कोरोना परीक्षण गर्दै चीन

चीन सरकारले पाँच दिनभित्र आफ्नो देशको छिङताओ सहरका ९० लाख मानिसको कोरोना परीक्षण गर्ने भएको छ।  

त्यस सहरमा १२ जना संक्रमित फेला परेपछि सरकारले त्यहाँ बस्ने सबैको काेराेना परीक्षण गर्ने भएको हो।  

चिनियाँ सञ्चारमाध्यमका अनुसार छिङताओ सहरस्थित एक अस्पतालमा लक्षणसहितका ६ र लक्षण नभएका ६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि चीन सरकारले यस्तो योजना अघि सारेको हो।  

गत मेमा चीनले वुहान सरहका सबै मानिसको कोरोना परीक्षण गरेको थियो।  

विश्वमै पहिलोपटक कोरोना संक्रमण देखिएको चीन कोरोना नियन्त्रण सफल भइसक्दा पनि अन्य मुलुक भने अझै पीडित भइरहेका छन्।  बिबिसी

प्रकाशित: २६ आश्विन २०७७ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App