१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय वायुसेना प्रमुखको चेतावनी : चीनले निहुँ खोज्यो भने गतिलो जवाफ पाउनेछ

भारतका वायुसेना प्रमुख आरकेएस भदौरिया

भारतका वायुसेना प्रमुख आरकेएस भदौरियाले सीमा क्षेत्र लद्दाखमा चीनले निहुँ खोजे त्यसको गतिलो जवाफ दिन आफूहरू सक्षम रहेको चेतावनी दिएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार वायुसेना प्रमुख एयरचिफ मार्सल भदौरियाले सोमबार, सम्भावित कुनै पनि युद्धमा जित हासिल गर्न एयरफोर्स तयार रहेको दाबी गरेका हुन्।  

छिमेकीको बढ्दो खतरालाई ध्यानमा राखेर आफूहरूले हरेक मोर्चालाई सशक्त बनाएको उल्लेख गर्दै उनले आफ्ना सेना लडाइँ गर्न सबैभन्दा उत्कृष्ट रहेको दाबी पनि गरेका छन्।  

यसै क्रममा चीनसँगको सीमा लद्दाखबारे गरिएको प्रश्नमा उनले भनेका छन्, ‘हामीले आवश्यक सबै स्थानमा सेना परिचालन गरेका छौं र कुनै पनि चुनौती सामना गर्न सक्षम छौं। यदि सीमामा कुनै विवाद भयो भने चीनले गतिलो जवाफ पाउनेछ।’

यो पनि पढ्नुहोस्

सीमाबारे भारत र चीनबीच गम्भीर मतभेद, भयो कडा भनाभन

सीमा क्षेत्र पूर्वी लद्दाखमा भारत र चीनबीच तनाव भइरहेको छ। गत जुन १५ मा भएको हिंसात्मक झडपमा २० भारतीय सेना मारिएयता दुई देशबीच दुश्मनी बढेको हो। त्यसयता पनि दुई देशका सेनाबीच पटकपटक हवाई फायरिङ भएका छन्।

यो पनि पढ्नुहोस्

चीनसँग विवाद भइरहेका बेला भारतले गर्‍याे शक्तिशाली क्षेप्यास्त्र परीक्षण

प्रकाशित: १९ आश्विन २०७७ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App