१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वमन्त्री जसवंत सिंहको निधन

भारतका पूर्व केन्द्रीय मन्त्री जसवंत सिंहको निधन भएको छ। भारतीय जनता पार्टी (बीजेपी) का संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो।

सिंहले अटल बिहारी वाजपेयी सरकारमा विदेश, रक्षा तथा वित्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी भारतीय सेनामा मेजरसमेत भएका थिए।  

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन्।

सन् २०१४ मा घरको बाथरुपमा लडेपछि उनको टाउकोमा गम्भिर चोट लागेको थियो। त्यसपछि उनी कोमामा थिए।

 

 

 

प्रकाशित: ११ आश्विन २०७७ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App