६ कार्तिक २०७७ बिहीबार
अन्तर्राष्ट्रिय

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका छन् ।

शुक्रबार सो विमान दुर्घटनमा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।  

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो मसाचार दिएका छन् । रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ । विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जनाएको छ । 
रासस

प्रकाशित: १० आश्विन २०७७ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App