२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा फेला पर्‍यो नयाँ ब्याक्टेरिया, ३ हजार २ सय बिरामी

चीनमा नयाँ ब्याक्टेरिया फेला परेको छ। चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ ब्याक्टेरियाको संक्रमणफेला परेको ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरिया हो। ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेका छन्।

अघिल्लो सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्।*

प्रकाशित: ६ आश्विन २०७७ ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App