६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘जनवरीसम्ममा अमेरिकामा कोरोनाले मर्नेको संख्या अहिलेको दोब्बर हुन्छ’

अमेरिकामा कोरोना संक्रमणले आगामी जनवरीसम्म अहिलेको मृतकको संख्याभन्दा दुई गुणा बढी मानिसको मृत्यु हुने अनुमान त्यहाँस्थित वासिङटन विश्वविद्यालयको स्वास्थ्य संस्थानले गरेको छ ।  

संस्थानले आउने जनवरीसम्म अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्ने अनुमान गरेको हो । आउने डिसेम्बरमा अमेरिकामा कोरोनाले हरेक दिन ३ हजारभन्दा बढी मृत्यु हुने उसको आकलन छ ।  

वर्ल्डओमिटरको तथ्यांकअनुसार अहिले (नेपाली समय शनिबार बिहान ११ः१५ बजे) सम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९२ हजार १११ पुगेको छ। 

न्युज एजेन्सी रोयटर्सका अनुसार मास्क लगाउने नियम कडाइपूर्वक लागू गरियाे भनेचाहिँ अमेरिकामा कोरोनाबाट हुने मृत्यु दर ३० प्रतिशतसम्म घटाउन सकिनेछ।  

तर अमेरिकामा एउटा ठूलो वर्ग छ, जसले मास्कको विरोध गर्छ । स्राेत : बिबिसी

प्रकाशित: २० भाद्र २०७७ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App