coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाका सर्वाेच्च नेता किम जङ उन कोमामा छन्’

फाइल तस्बिर : किम जङ उन

उत्तर कोरियाका शासक किम जङ उन अहिले ‘कोमा’ मा रहेको खबर सार्वजनिक भएको छ ।  

यसैकारण अहिले त्यहाँको सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले दाबी गरेका छन् ।  

उनले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्, तर जीवन सकिसकेको छैन’ भनेको न्युयोर्क पोस्टले उल्लेख गरेको छ । 

दक्षिण कोरियाली पूर्वराष्ट्रपति जुङले आफूले जासुसमार्फत किमको अवस्थाबारे जानकारी पाएको दाबी गरेका छन् ।  

उत्तर कोरियाका सर्वाेच्च नेता किम केही दिनयता सञ्चारमाध्यममा देखिएका छैनन् । यसअघि पनि उनको मृत्यु भएको खबर बाहिरिएका थिए । तर त्यसको केही दिनपछि उनी सार्वजनिक भएका थिए।

प्रकाशित: ८ भाद्र २०७७ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App