१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली हवाई आक्रमण : लेबनानमा तीन पत्रकार मारिए

शनिबार लेबनानमा इजरायली हवाई आक्रमणमा तीन पत्रकारको मृत्यु भएको छ।  

इजरायल–हिजबुल्लाह द्वन्द्वको समाचार संकलन गरिरहेका पत्रकारहरुको मृत्यु भएको बताइएको छ।

हिज्बुल्लाहको अल–मनार टिभीले आक्रमणमा आफ्ना वरिष्ठ संवाददाता अली शुएबको मृत्यु भएको रिपोर्ट गरेको छ।  

हिज्बुल्लाहको गुप्तचर संस्थाका सदस्य समेत रहेका उनीमाथि इजरायली सेनाले निशाना बनाएको बताइएको छ। अली शुएबले लगभग ३० वर्षदेखि दक्षिणी लेबनानबाट रिपोर्टिङ गर्दै आएका थिए।  

यस्तै, बेरुतस्थित अल–मायादीन टिभीले रिपोर्टर फातिमा फतौनी र उनका भाइ, भिडियो पत्रकार मोहम्मदको पनि आक्रमणमा मृत्यु भएको रिपोर्ट गरेको छ। आक्रमण हुनुभन्दा ठीक अघि फातिमा प्रत्यक्ष रिपोर्टिङ गरिरहेकी थिइन्। एजेन्सी

प्रकाशित: १५ चैत्र २०८२ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App